बिहीबार, फागुन २८, २०८२

भारत : पहिलो दिन कोरोना खोप लगाइएका ७५ जनालाई साइड इफेक्ट

भारतमा कोरोना भाइरसविरुद्ध खोप लगाएको पहिलो दिन  ७५ जनालाई साइड इफेक्ट देखिएको छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरसविरुद्ध खोप लगाएको पहिलो दिन  ७५ जनालाई साइड इफेक्ट देखिएको छ। 

National life

भारतमा शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको हो। पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार दिल्लीमा ५४ जनालाई साइड इफेक्ट देखिएको छ। महाराष्ट्रमा १४ जनालाई साइड इफेक्ट देखिएको अधिकारीहरुले बताएका छन्। 

दिल्लीमा साइड इफेक्ट देखिएका एकजना भने गम्भीर बिरामी परेका छन्।

सरकारले शनिबार दिल्लीका ११ जिल्लामा आठ हजार ११७ जना स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको थियो। तर चार हजार ३१९ जनालाई मात्र खोप लगाइएको छ।

Laxmi sunrise bank
kumari

एक सरकारी अधिकारीले भने, ‘कोरोनाविरुद्ध खोप लगाएका केही व्यक्तिमा साइड इफेक्ट देखिएको छ। तर त्यो सामान्य छ। उनीहरुमा बिस्तारै निको हुँदै गयो। दक्षिण दिल्लीमा भने एक जनामा गम्भीर देखियो।’

दिल्लीमा शनिबार ८१ वटा खोप केन्द्रमा कोरोनाविरुद्धको खोप लगाइएको थियो।

इन्डियन एक्सप्रेसका अनुसार महाराष्ट्रमा पहिलो दिन २८ हजार ५०० जनालाई खोप लगाउने लक्ष्य थियो। पहिलो चरणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक र सिरम इन्स्टिच्युटका सीईओ आदर पुनवालालाई खोप लगाइएको थियो।

महाराष्ट्रमा खोपका लागि २८५ केन्द्र बनाइएको छ। 

भारतमा कोरोनाविरुद्धको भाइरसलाई अनुमति दिएपछि भारत बायोटेकको कोभ्याक्सिनलाई लिएर केही शंका उत्पन्न भएको छ।

यसको तेस्रो चरणको परीक्षण जारी छ भने त्यसको प्रभावका बारेमा कुनै पनि विवरण सार्वजनिक गरिएको छैन।

केरलको त्रिशुरमा सन् गत वर्ष जनवरी ३० मा भारतमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको थियो। यो एक वर्षवीचमा भारतमा संक्रमितको संख्या एक करोड नाघिसकेको छ। 

आईसीएमआर (इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च) का पूर्वनिर्देशक एके गांगुली भन्छन्, ‘यो लामो लडाइँको पहिलो उपलब्धि हो। जससँग भारतको आर्थिक पुनरुत्थानको आशा गाँसिएको छ।’

सेप्टेम्बरमा भारत कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित थियो। त्यसबेला संक्रमितको संख्या दैनिक करिब एक लाख पुगिरहेको थियो। सबभन्दा धेरै १६ सेप्टेम्बरमा ९७ हजार ८९४ नयाँ संक्रमित भेटिएका थिए।

१६ जुलाईदेखि १५ सेप्टेम्बरबीचमा भारतमा ४० लाख मानिसमा कोरोना संक्रमण पुष्टि भयो। त्यसपछि कोरोनाका नयाँ संक्रमितको संख्या घट्न थाल्यो। 

गांगुली भन्छन्, ‘भ्याक्सिन बनाउन हामी सफल भयौं। तर यो लडाइँमा भ्याक्सिन पहिलो सुरक्षात्मक लाइन मात्र हो। हर्ड इम्युनिटी विकास गर्ने हो भने हामीले ६० देखि ७० करोड मानिसलाई भ्याक्सिन दिनुपर्नेछ।’

करिब ७० करोड मानिसलाई भ्याक्सिन दिन एक अर्ब डोज भ्याक्सिन चाहिन्छ। भारतले अहिलेसम्म आफ्नै उत्पादन कोभिसिल्डलाई मात्रै प्रयोगको अनूमति दिएको छ। जोनसन एन्ड जोनसन र फाइजरको भ्याक्सिनले पनि चाँडै अनुमति पाउने गांगुली बताउँछन्। 

प्रकाशित: Jan 17, 2021| 12:05 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।