शनिबार, असार २७, २०८३

प्रधानमन्त्री कपमा आर्मी ८० रनले विजयी 

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको आज (आइतबार) सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध ८० रनको जित निकालेको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेटको आज (आइतबार) सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशविरुद्ध ८० रनको जित निकालेको छ।

मुलपानीको माथिल्लो मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ राजेको आर्मी ४३ ओभर एक बल खेल्दै १९५ रनमा आलआउट भयो।

१९६ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको कर्णाली ३३.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११५ रनमा समेटिएपछि जित आर्मीको पोल्टामा परेको हो।

जितका लागि आर्मीका अनिल मण्डलले ८९ रनको अर्धसकीय पारी खेले भने कप्तान विनोद भण्डारीले ४१ रनको योगदान दिए।

राजेश पुलामीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

कर्णालीका दिनेश अधिकारी, राज शाह, दिवन पुनले समान २–२ दुई विकेट लिँदा उनिश सिंह, अनुज चुनरा र रविन्द्र शाहीले समान १–१ विकेट लिए।

त्यस्तै जवाफी ब्याटिङमा आएको कर्णालीका कप्तान रविन्द्र शाहीबाहेक अन्य खेलाडीले सम्झनलायक प्रर्दशन गरेनन्। उनले ३० रन जोडे।

आर्मीका लागि सुसन भारीले चार विकेट गिराए भने शहबाबा आलमले तीन र रोहित पौडेलले दुई विकेट लिए। हरि चौहानले एक विकेट लिए।

योसहित आर्मीले लगातार दोस्रो जित निकाल्दै समूह ए मा चार अंक बनाएको छ।

प्रकाशित: Jan 17, 2021| 11:27 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।