आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघीय सुरक्षा परिषद्को पहिलो बैठक बसेको दिन जनवरी १७

राष्ट्रसंघीय सुरक्षा परिषद्को पहिलो बैठक बसेको दिन जनवरी १७

विश्वमा शान्ति सुव्यवस्था कायम राख्न र कुनै मुलुकमाथि दण्ड दिनका लागि महत्त्वपूर्ण कदम उठाउने अधिकार सुरक्षा परिषद्लाई छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

संयुक्त राष्ट्र सुरक्षा परिषद् संसारकै सबैभन्दा शक्तिशाली संस्था मानिन्छ। यसले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका सम्बन्धमा निर्णय गर्दछ। 

परिषद्को पहिलो बैठक १९४६ जनवरी १७ को दिन बसेको थियो। 

सुरक्षा परिषद् संयुक्त राष्ट्र संघका प्रमुख ६ अंगमध्ये एक हो। संयुक्त राष्ट्रको महासभा, आर्थिक तथा सामाजिक परिषद्, न्याय परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, संयुक्त राष्ट्रसंघको सचिवालय यसका अन्य प्रमुख पाँच अंग हुन्।

विश्वमा शान्ति सुव्यवस्था कायम राख्न र कुनै मुलुकमाथि दण्ड दिनका लागि महत्त्वपूर्ण कदम उठाउने अधिकार सुरक्षा परिषद्लाई छ। 

सुरक्षा परिषद् शान्ति र सुरक्षासँग सम्बन्धित विषयमा सरोकार राख्ने निकाय हो। यसले गल्ती गर्ने मुलुकलाई दण्ड दिने प्रस्ताव पारित गर्छ। 

विवादास्पद परमाणु कार्यक्रमका लागि इरानमाथि लगाइएको आर्थिक प्रतिबन्ध यसको ताजा उदाहरण हो।

संयुक्त राष्ट्रसंघको सर्वोच्च अंग सुरक्षा परिषद्को गठन दोस्रो विश्वयुद्धको अन्तमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले भएको थियो। 

सुरुका दिन संयुक्त राज्य अमेरिका र तत्कालीन सोभियत संघबीच जारी शीतयुद्धका कारण यसको भूमिका त्यति प्रभावकारी थिएन। 

सोभियत संघको विघटनपछि यसको भूमिका प्रभावकारी बन्दै गयो। कुवेत, नामिबिया, कम्बोडिा, बोस्निया, रुवान्डा, सोमालिया, सुडान र कंगो गणराज्यमा संयुक्त राष्ट्रसंघको शान्ति कार्यक्रमले सफलता पाउँदै गयो। 

सुरक्षा परिषद्मा १५ सदस्य राष्ट्र हुन्छन्। यिनमा पाँच राष्ट्र (संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, रुस र चीन) स्थायी सदस्य हुन् भने अन्य १० अस्थायी सदस्य हुन्छन्। 

यति बेला सुरक्षा परिषद्ले संसारका १५ मुलुकमा शान्ति कार्यक्रम लागू गरेको छ। यसमा सवा लाख शान्ति सैनिक तैनाथ छन्। 
 

प्रकाशित: Jan 17, 2021| 05:48 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।