बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाभर सुरक्षा व्यवस्था कडा, शपथ ग्रहण समारोह घरमै बसेर हेर्न राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकाभर सुरक्षा व्यवस्था कडा, शपथ ग्रहण समारोह घरमै बसेर हेर्न राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण समारोह घरमै बसेर टिभीमा हेर्न आग्रह गरेका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण समारोह घरमै बसेर टिभीमा हेर्न आग्रह गरेका छन्। 
यही जनवरी २० तारिखमा हुने शपथ ग्रहण समारोहमा हिंसा भड्किन सक्ने भन्दै बाइडेनले यस्तो आग्रह गरेका हुन्। शपथ ग्रहण समारोहलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा सुरक्षा व्यवस्था कडा बनाइएको छ।

National life

जनवरी ६ मा जस्तै हिंसात्मक प्रदर्शनलाई निरुत्साहित गर्न नेशनल गार्डलाई अमेरिकाभरबाट वासिङ्टन डिसी पठाइएको छ। उक्त दिन राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद् भवनमा आक्रमण गरेका थिए। 

अमेरिकी संघीय अनुसन्धान ब्यूरोले ट्रम्पका समर्थकले अमेरिकाभर सशस्त्र प्रदर्शन गर्न सक्ने चेतावनी दिएको छ। वासिङ्टन डिसीमा सपिङ मलहरु मल बन्द गरिएको छ। सडकमा ब्यारिकेट राखिएको छ भने सुरक्षा पनि कडा पारिएको छ। 

शनिबार भर्जिनियामा एक व्यक्तिलाई अवैध हतियारसहित प्रहरी चेकपोस्ट पार गर्न लाग्दा पक्राउ गरिएको थियो। 

राष्ट्रपति ट्रम्पमाथि विद्रोहको लागि उक्साएको आरोपमा महाअभियोग लगाइएको छ। उनी दोस्रो पटक महाअभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति भएका छन्। तर, ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्।
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 17, 2021| 05:31 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।