सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेला सुरु, प्रधानमन्त्रीलगायतका नेताहरूले सम्बोधन गर्ने

ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेला सुरु, प्रधानमन्त्रीलगायतका नेताहरूले सम्बोधन गर्ने

नेकपा ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं - राजनीतिकरूपमा विभाजित नेकपा ओली समूहको बृहत् कार्यकर्ता भेला काठमाडौंमा सुरु भएको छ। 

तीनकुनेको रोयल ब्याङ्केटमा ओली समूहको कार्यकर्ता भेला सुरु भएको हो। 

उपत्यकामा बस्ने प्रदेश १ का नेता कार्यकर्ताहरूको सहभागितामा प्रदेश सम्पर्क कमिटीले भेलाको आयोजना गरेको हो।

भेलालाई प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओली, प्रदेश १ का इन्चार्ज सुवासचन्द्र नेम्वाङ, सहरी विकास मन्त्री एवम् प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।   

नेता नेम्वाङ र साह कार्यक्रममा पुगिसकेका छन्। प्रधानमन्त्री ओली केहीबेर पछि पुग्नेछन्।

प्रकाशित: Jan 16, 2021| 07:37 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।