बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा सरकार र आन्दोलित किसानबीच नवौँ वार्ता पनि अनिर्णित

भारतमा सरकार र आन्दोलित किसानबीच नवौँ वार्ता पनि अनिर्णित

भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं– भारतमा लामो समयदेखि आन्दोलनरत किसानसँग सरकारी प्रतिनिधिहरूले गरेको वार्ता शुक्रबार पनि अनिर्णित भएको छ।

National life

कृषिसम्वन्धी तीन नयाँ कानुन खारेज गर्न माग गर्दै लामो समयदेखि आन्दोलनरत किसानका प्रतिनिधिसँग शुक्रबार केन्द्रीय सरकारका तीन मन्त्रीले वार्ता गरेका हुन्। 

सरकारी प्रतिनिधि र किसानका प्रतिनिधिबीच शुक्रबारसम्म नवौँ पटक वार्ता भएपनि सहमति हुन सकेन। शुक्रबारको वार्तामा पनि सहमति नभएपछि यही जनवरी १९ मा फेरि वार्ता गर्ने तय भएको जनाइएको छ। 

किसानहरुको माग प्रति सरकारी पक्ष धेरै लचक हुदाँ पनि किसानका प्रतिनिधि सहमतिमा नआएको सरकारी पक्षको दावी छ।

आन्दोलनरत किसानका नेता जोगिन्दर सिंह उर्गाहनले भने तीन ओटै कानुन खारेज गर्न आफुहरुले माग गरेपछि सरकारी पक्ष तयार नभएकाले सहमति नभएको बताए। 

Laxmi sunrise bank
kumari

भारतमा कृषिसम्वन्धी तीन कानुनप्रति असन्तुष्टि जनाउँदै देशका विभिन्न ठाउँका साथै केन्द्रीय राजधानी नयाँ दिल्लीसमेतमा किसानले बृहत प्रदर्शन गरेका थिए।

प्रकाशित: Jan 16, 2021| 03:10 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।