बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सरकारमाथि प्रश्न उठेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीको राजीनामा

सरकारमाथि प्रश्न उठेपछि नेदरल्याण्ड्सका प्रधानमन्त्रीको राजीनामा

बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

एजेन्सी- बाल कल्याणसम्बन्धी एउटा कार्यक्रममा भएको कमजोर व्यवस्थापनको जिम्मेवारी लिँदै नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट्टेले राजीनामा दिएका छन्।

National life

बाल कल्याण सम्बन्धी कार्यक्रमको सही व्यवस्थापन नहुँदा थुप्रै परिवार आर्थिक संकटमा फसेको विषयमा आलोचना भएपछि प्रधानमन्त्री रुट्टेले राजीनामा दिएका हुन्।

लिबरल पिपुल्स पार्टीका अध्यक्षसमेत रहेका रुट्टेले राजा विलेम अलेक्जेण्डरलाई राजीनामा बुझाएका हुन्।

राजीनामा घोषणा गर्दै रुट्टेले कानूनी राज्यमा शक्तिशाली सरकारले आफ्ना नागरिकको सुरक्षा गर्नुपर्नेमा गल्ती भएको स्वीकार गरेका छन्।

अब आगामी मार्च १७ मा हुने निर्वाचनले त्यहाँ नयाँ सरकार निर्माण गर्नेछ।

Laxmi sunrise bank
kumari

गत महिना संसदीय समितिले गरेको छानबिनमा बाल कल्याण कार्यक्रमको रकममा करछली तथा दुरुपयोग भएको पाइएको थियो।

यो कोषबाट थुप्रै आप्रवासी पृष्ठभूमिका बालबालिका तथा आर्थिक चपेटामा परेका परिवारका बालबालिकालाई लाभ दिनुपर्नेमा दुरुपयोग भएको संसदीय समितिले ठहर गरेको थियो।

प्रकाशित: Jan 15, 2021| 15:03 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।