आइतबार, चैत ८, २०८२

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने

कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– कक्षा १२ को परीक्षा पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। कक्षा १२ को परीक्षा स्थगित हुने भन्ने भ्रामक समाचारहरु आएको भन्दै बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धारित मितिमा कुनै पनि परिमार्जन नभएको जनाएको हो ।

National life

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमण बढ्दै गए कक्षा १२ को परीक्षा स्थगित गर्न प्रस्ताव लाने अभिव्यक्ति दिएसँगै हल्ला चलेको तर यसबारे बोर्डले कुनै पनि निर्णय नगरेकाले भ्रममा नपर्न बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले आग्रह गरे। 

भने, ‘तोकिएको मितिमा परीक्षा नहुने भनेर हल्ला चलाइएको छ। त्यसलाई हल्लाकै रुपमा बुझ्न आग्रह गर्छु। अहिले परीक्षाको विषयमा नयाँ कुनै निर्णय भएको छैन। परीक्षा तोकिएकै मितिमा हुन्छ।’

बोर्डले कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा यसअघि नै साउन ३१ गतेबाट भदौ ९ गतेसम्म होम सेन्टर राखेर सञ्चालन गर्ने निर्णय गरिसकेको छ। परीक्षामा सहभागी हुन तीन लाख ८६ हजार विद्यार्थीले फर्म भरेको बोर्डले जनाएको छ। 

बोर्डले यसअघि गत जेठ २६ गतेदेखि परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि कोभिड १९ को दोस्रो लहरको कारण स्थगित गरेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 02, 2021| 18:09 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्