मंगलबार, साउन १९, २०८३

इक्यान भर्चुअल शैक्षिक मेला सुरु

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शैक्षिक मेला शुक्रबारदेखि भर्चुअलरूपमा सुरू भएको छ।
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं - नेपाल शैक्षिक परामर्श संघ (इक्यान) शैक्षिक मेला शुक्रबारदेखि भर्चुअलरूपमा सुरू भएको छ।

विगतका वर्षमा भौतिकरूपमा सञ्चालन हुँदै आएको इक्यान शैक्षिक मेला यसपटक भने भर्चुअल रूपमा सुरू भएको हो।

चार दिनसम्म सञ्चालन हुने मेलामा परामर्श व्यवसायीका १०० भन्दा बढी स्टल छन्। 

भर्चुअलरूपमा सञ्चालन हुने यस मेलामा विद्यार्थीले आफ्नो जिल्ला वा प्रदेशमा रहेको कन्सलटेन्सीका प्रतिनिधिहरूसँग भर्चुअल माध्यमबाट प्रत्यक्ष कुराकानी गर्न पाउने छन्।

इक्यान मेलामा सहभागी हुन चाहनेहरूले मेलाको आधिकारिक वेबपोर्टल ईक्यानफेयर डटकममा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ। जसमा उनीहरूले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बरलगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा शिक्षण संस्थाको बारेमा स्टल भ्रमण गरेर सम्बन्धित देश र विश्वविद्यालयका प्रतिनिधिबाट सीधै परामर्श लिन सक्छन्।

भर्चुअलरूपमा मेलाको उद्घाटन गर्दै इक्यान अध्यक्ष प्रकाश पाण्डेले कोरोना महामारीले विश्व आक्रान्त पारेको अवस्थामा शैक्षिक परामर्श व्यवसायले ठूलो नोक्सानी बेहोर्नु परेको र अहिले बिस्तारै त्यसबाट उठ्ने प्रयासमा रहेको बताए।

उनले भने, ‘अहिले व्यवसायलाई पहिलेको अवस्थामा फर्काउन र विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्न १४ औं इक्यान शैक्षिक मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास लिएका छौँ।’ 

मेलामा विद्यार्थीले विदेश अध्ययन पूर्व गर्नुपर्ने तयारी, भाषा शिक्षण, विदेशी विश्वविद्यालयको भौतिक शैक्षिक वातावराण, लागत खर्च, बसोबास, भिसा पोलिसीलगायत सम्पूर्ण जानकारी लिन सक्ने ईक्यानले जनाएको छ।

मेलामा विद्यार्थीले बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको जुनसुकै समयमा पनि सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित: Jan 15, 2021| 06:47 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्