बिहीबार, फागुन २८, २०८२

इटलीमा थपियो संकटकाल

कोभिड-१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

एजेन्सी- कोभिड-१९ संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजारभन्दा बढी पुगेपछि इटलीले स्वास्थ्यसम्बन्धी संकटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ।

National life

बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ संक्रमितको संख्या ८० हजारभन्दा बढी पुगेको छ। 

इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय संकटकालको घोषणा गरेको हो। 

इटलीले संकटकालको विस्तारसँगै बेलुका १० बजेदेखि विहान पाँच बजेसम्मलाई निषेधाज्ञा अवधि पनि तोकिएको छ। इटलीमा संक्रमणको जोखिम भएका क्षेत्रमा नियन्त्रणका फरक फरक उपाय अवलम्बन गरिएको छ।

सरकारले संक्रमण नियन्त्रणका लागि चौथो तहको नियन्त्रणका उपाय पनि अपनाएको छ। जसअनुसार हरेक एक लाख बासिन्दाहरू रहेका क्षेत्रमा दैनिक ५० व्यक्ति संक्रमित भएमा उक्त क्षेत्रलाई ‘ह्वाइट’ क्षेत्र मानी गतिविधि सञ्चालनमा अनुमति प्रदान गर्न सकिने जनाएको छ तर कुनै पनि इटालियाली क्षेत्र यो मापदण्डमा पर्न सफल भएको पाइदैन। 

Laxmi sunrise bank
kumari

सरकारले इटलीका २० वटै क्षेत्रमा आन्तरिक भ्रमणका लागि पनि आगामी फेब्रुअरी १५ सम्म रोक लगाएको छ। श्रइटलीको स्वास्थ्य मन्त्रालयद्वारा उपलब्ध गराइएको पछिल्लो तथ्यांक अनुसार इटलीमा बुत्रबारमात्र १५ हजार ७७४ थप व्यक्ति कोभिड संक्रमित भएका छन् भने ५०७ जनाको मृत्यु भएका छन्।

यससँगै अहिलेसम्म इटलीमा संक्रमित हुनेको सङ्ख्या पाँच लाख ६४ हजार ७७४ पुगेको छ भने कूल ८० हजार ३२६ संक्रमितको मृत्यु भएको छ।

इटलीमा बुधबार रातिसम्ममा ८ लाख ८५ हजार ८१४ व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको बताइएको छ। रासस

प्रकाशित: Jan 14, 2021| 14:35 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।