आइतबार, असोज ४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट 

चन्द्रागिरिको आईपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट 

चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयरमा आवेदन दिनेहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयरमा आवेदन दिनेहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।

चन्द्रागिरिको २९ पुसमा सम्पन्न ११औँ वार्षिक साधारण सभाले आईपीओ भर्नेलाई छुटको व्यवस्था गरेको हो। 

छुटको लागि आवेदकले सेयर भर्दाको कुनै प्रमाण टिकट काउन्टरमा देखाउनु पर्ने छ। यो योजना ५ माघदेखि एक वर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ । 

चन्द्रागिरिको आईपीओमा १२ लाख ५६ हजार ७४६ जनाको आवेदन परेको छ। 


 

प्रकाशित: Jan 14, 2021| 10:44 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्