बिहीबार, फागुन २८, २०८२

ट्रम्पलाई प्रतिबन्ध लगाउँदा खुसी छैन ट्विटर

ट्रम्पलाई स्थायी प्रतिबन्ध लगाउने निर्णयले ट्विटरमा कुनै उत्साह नरहेको यसका संस्थापक ज्याक डोर्सीले बताएका छन्।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ट्विटरले स्थायी प्रतिबन्ध लगाएको छ। तर ट्रम्पलाई स्थायी प्रतिबन्ध लगाउने निर्णयले ट्विटरमा कुनै उत्साह भने नरहेको यसका संस्थापक ज्याक डोर्सीले बताएका छन्।

National life

उनले ट्विटरमार्फत् यो जानकारी गराएका हुन्।

उनले भनेका छन्, ‘ट्रम्पलाई ट्विटरमा प्रतिबन्ध लगाउनु सही निर्णय थियो। तर यस्तो निर्णय लिनुपर्दा दुःख लागेको छ। असाधारण र अपरिहार्य अवस्था आएपछि ट्रम्पको ट्विटर अकाउन्ट स्थायी रुपमा निलम्बित गर्नुपर्‍यो।’

डोर्सीले ट्विटरमा ट्रम्पलाई प्रतिबन्ध लगाउँदा एउटा स्वास्थ बहस हुन नसकेको भन्दै त्यसमा आफूहरु असफल भएको बताएका छन्।

ट्रम्पको अकाउन्ट बन्द गर्दा ट्विटरको आलोचना र प्रशांसा दुबै भइरहेको छ। जर्मन चान्सलर एंगेला मर्केल र मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपेज ओब्रेडोरले ट्विटरको कदमको विरोध गरेका थिए।

Laxmi sunrise bank
kumari

उनीहरु दुबैजना ट्रम्पका नजिकका मित्र मानिन्छन्।

ट्विटर प्रमुख ज्याक डोर्सीले विभिन्न ट्वीटहरुमार्फत् स्पष्टिकरण दिँदै क्यापिटोल हिलमा भएको अपराधिक कर्मको जिम्मेवार ट्रम्प भएका कारण यो कदम चाल्नु परेको बताएका छन्।

उनले भनेका छन्, ‘ट्रम्पलाई पहिले पनि चेतावनी दिइसकिएको छ, उहाँले बेवास्ता गरेपछि यो निर्णय लिनुपरेको हो। हामीसँग सुरक्षाको विषयमा गम्भीर सूचना आएपछि ट्रम्पको अकाउन्ट स्थायी रुपमा बन्द गरिएको हो।’

प्रकाशित: Jan 14, 2021| 09:57 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।