बिहीबार, फागुन २८, २०८२

दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बने ट्रम्प

राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

न्युयोर्क – राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्। उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

National life

गत बुधबार अमेरिकी संसद् भवनमा हूलदंगा गर्न प्रोत्साहित गरेको अभियोगमा उनीविरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए। हुलदंगामा पाँच जनाको ज्यान गएको थियो। 

मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ। महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्।

ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिइन्। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिएका छन्।

तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन्।

Laxmi sunrise bank
kumari

सिनेटले उनलाई आरोपमुक्त गरिदिएको थियो।

अब माथिल्लो सदनमा सुनुवाइ

अब उक्त प्रस्ताव माथिल्लो सिनेटबाट पनि पारित हुनुपर्छ। त्यसका निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ। त्यो संख्या पुर्‍याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुने बताइएको छ। 

कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनुपर्नेछ। हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट ट्रम्पविरुद्ध महाभियोग प्रसताव पारित भएको यो दोस्रो पटक हो।

यसअघि सन् २०१९ डिसेम्बर १८ मा पनि ट्रम्पविरुद्ध महाभियोगको आरोप पारित गरेको थियो। तर रिपब्लिकन पार्टी बहुल सिनेटले उनको आरोप खारेज गरेको थियो। बीबीसी

प्रकाशित: Jan 14, 2021| 06:55 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।