शुक्रबार, भदौ ५, २०८३

माओवादी छाडेका चार नेताको पक्षमा सर्वोच्चले अन्तरिम आदेश दिएन

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

काठमाडौं– नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको पक्षमा कारण देखाउ र अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ।  

आफूहरू माओवादी केन्द्रमै रहेको भन्दै सर्वोच्च पुगेका प्रभु साह, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र लेखराज भट्टको पक्षमा उक्त आदेश जारी नहुने आदेश अदालतले जारी गरेको हो।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार यस्तो आदेश दिएको हो। यसअघि एकपटक तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको थियो। अर्को पेसी निवेदककै तर्फबाट स्थगित भएको थियो।  

पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट उनीहरुलाई हटाएको थियो। सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिई सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका थिए।

प्रकाशित: Aug 02, 2021| 18:00 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...