बिहीबार, फागुन २८, २०८२

चीनमा फेरि लकडाउन : २ करोड ८० लाख मानिस क्वारेन्टिनमा 

कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि भाइरसको संक्रमण बढेको छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

एजेन्सी- कोरोना भाइरसको उद्गमस्थल चीनमा फेरि भाइरसको संक्रमण बढेको छ।

National life

यसअघि कोरोना संक्रमण लगभग नियन्त्रमा लिइसकेको चीनमा ५ महिनापछि पुनः संक्रमण फैलिएको हो।

चीनमा कोरोनाको अर्को लहरबाट बच्न ४ सहरमा लकडाउन गरिएको छ भने परीक्षण बढाइएको छ।

धेरैजसो नयाँ केस राजधानी बेइजिङमा पाइएको छ। आज (बुधबार) तथ्यांकहरुका अनुसार उत्तरपूर्वी चीनको एक प्रान्तमा पनि संक्रणण तीव्र रुपमा फैलिएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि २ करोड ८० लाख मानिसालई क्वेन्टिनमा राखिएको बीबीसीले जनाएको छ।

Laxmi sunrise bank
kumari

त्यहाँको नेशनल हेल्ट कमिसनले एक विज्ञप्ति जारी गर्दै चीनमा नयाँ ११५ संक्रमित भेटिएको जनाएको छ।

यसको एक दिनअघि ५५ जना संक्रमित थपिएका थिए। गत ३० जुलाईपछि यति ठूलो संख्यामा संक्रमितहरु थपिएका हुन्।

कमिशनका अनुसार १०७ स्थानीय संक्रमित हुन्। जसमध्ये ९० जना बेइजिङ नजिकको हिबे प्रान्तका हुन्।

यस्तै उत्तरपूर्वी हेलुंगजाङ प्रान्तमा १६ संक्रमित भेटिएका छन्।

हिबेका तीन सहरमा लकडाउन गरिएको छ। यस्तै बेइजिङ सहरको प्रशासनले संक्रमण रोक्न कडा कदम चाल्ने तयारी गरेको छ।

हेलुंगजाङ प्रान्तले आज मात्रै आपतकाल घोषणा गरेको छ। हिबे र हेलुंगजाङका ४ सहरमा लकडाउन गरिएसँगै २ करोड ८० लाख मानिस क्वारेन्टिनमा बसेका छन्।

प्रकाशित: Jan 13, 2021| 09:39 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।