बिहीबार, फागुन २८, २०८२

६७ वर्षपछि अमेरिकामा महिलालाई मृत्युदण्ड

अमेरिकाको सर्वोच्च अदालतले हत्या र अपरहणको आरोपमा ५२ वर्षीया लिजा मोन्टगोमेरीलाई मृत्युदण्डको फैसला सुनाएको हो। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

सन् १९५३ पछि अमेरिकामा पहिलोपटक महिलालाई मृत्युदण्ड दिइएको छ। अमेरिकाको सर्वोच्च अदालतले हत्या र अपरहणको आरोपमा ५२ वर्षीया लिजा मोन्टगोमेरीलाई मृत्युदण्डको फैसला सुनाएको हो। 

National life

उनको सजायमा कोर्ट अफ अपिल्सले रोक लगाएको थियो। तर सर्वोच्च अदालतले त्यसलाई उल्ट्याएर मंगलबार मृत्युदण्ड सुनाएको हो।

अमेरिकी न्याय विभागका अनुुसार मोन्टगोमेरीलाई इन्डियाना राज्यस्थित एउटा जेलमा स्थानीय समयअनुसार राति १ः३१ बजे मृत घोषित गरिएको थियो।

यसअघि चिकित्सकले उनको मस्तिष्कमा क्षति पुगेर मानसिक रोगी रहेको बताएका थिए। 

मोन्टगोमेरीलाई मृत्युदण्ड दिइएको घटनाको विरोध गरेका छन्। उनका वकिल केली हेनरीले यसलाई क्रूरतापूर्ण, गैरकानुनी र सत्ताशक्तिको दुरुपयोग गरिएको बताइन्।

Laxmi sunrise bank
kumari

उनले भनिन्, ‘मोन्टगोमेरीको मानसिक समस्या रहेको विषयमा कुनै विवाद छैन। पहिलोपटक जेलका चिकित्सकले रोग पत्ता लगाएर उपचार गरेका थिए।’

मोन्टगोमेरीमाथि सन् २००७ मा २३ वर्षीय बेबी जो स्टिनेटको अपहरणपछि हत्या गरेको अभियोग थियो। त्यति बेला बेबी आठ महिनाकी गर्भवती थिइन्। मोन्टगोमेरीले बेबीको हत्या गरी उनको पेटमा रहेही बच्चाको अपहरण गरेकी थिइन्।

१६ डिसेम्बर २००४ मा मोन्टगोमेरीले उत्तरपश्चिम मिसुरीको स्किडमोरमा बेबी जो स्टिनेटको घरमा प्रवेश गरी डोरीले उनको घाँटी निमोठेर हत्या गरेकी थिइन्। त्यसपछि बच्चा लिएर उनी फरार भएकी थिइन्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन मृत्युदण्डको विरोधी मानिन्छन्। मोन्टगोमेरीमाथि मृत्युदण्ड बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुभन्दा केही अघि मात्र दिइएको छ। डोनाल्ड ट्रम्पको कार्यकालमा १० जना कैदीलाई मृत्युदण्ड दिइसकिएको छ। रोयटर्स

प्रकाशित: Jan 13, 2021| 09:12 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।