बिहीबार, फागुन २८, २०८२

चीनमा फेरि भेटिन थाले कोरोना संक्रमित

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेका छन्। हिजो मंगलबार त्यहाँ ११५ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १०७ जनाको ट्राभल हिस्ट्री छैन। स्थानीय नागरिकबाटै ती संक्रमित भएका हुन्।

National life

चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ। कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ।

चीनले निको भएका बिरामीमाथि पनि नजर राख्न र पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको हो। मंगलबार भेटिएका स्वदेशी संक्रमितमध्ये ९० जना उत्तरी चीनको हुबे प्रान्तका हुन्। सो क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना संक्रमण बढेको पाइएको छ।

–रासस

प्रकाशित: Jan 13, 2021| 06:55 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।