मंगलबार, चैत १०, २०८२

यसकारण खाना खाने बित्तिकै पानी पिउन हुँदैन

तपाईंले सुन्नु भएकै होला, खाना खानेबित्तिकै पानी पिउनु हुँदैन भनेर। तर, यसो गर्नु सबैका लागि सहज नहुन सक्छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं। तपाईंले सुन्नु भएकै होला, खाना खानेबित्तिकै पानी पिउनु हुँदैन भनेर। तर, यसो गर्नु सबैका लागि सहज नहुन सक्छ। 

National life

धेरै मानिसहरू खाना खाइरहेका बेला थोरै–थोरै पानी पिउँछन् भने कतिपय खाना खाने बित्तिकै पानी घटघटी पिउँछन्। 

पानी पिएपछि आराम महसुस हुन्छ नै। तर, यसले तपाईंको पाचन प्रणालीमा भने असर गर्न सक्छ। 

यसले ग्याष्ट्रिक, एसिडिटीजस्ता रोगहरू निम्त्याउन सक्छ। त्यसैले भोजन गरिसकेपछि कम्तीमा पनि आधा घण्टा वा एक घण्टापछि मात्रै पानी पिउनुपर्छ। 

खाना खाइसकेपछि तुरुन्तै किन पिउनु हुँदैन पानी ?

Laxmi sunrise bank
kumari

खाना खानेबित्तिकै पानी पिउनाले पाचन प्रक्रियालाई कमजोर बनाउँछ। पानी शीतल प्रवृत्तिको हुन्छ, त्यसैले खाना खाइसकेपछि तुरुन्तै पानी पिउँदा इन्सुलिनको मात्रा बढ्न सक्छ। पानीले भोजनलाई ग्लुकोजमा परिवर्तन गरिदिन्छ, जुन मोटोपनको कारण बन्न सक्छ। 

शरीरलाई भोजनबाट पोषण तत्व प्राप्त हुन आधा घण्टादेखि एक घण्टा आवश्यक पर्छ। खाना खाएपछि तुरुन्तै पानी पिउँदा आमाशयको ऊर्जा सकिन्छ, जसकारण पाचन प्रक्रिया सही ढंगले हुन पाउँदैन। 

त्यसैले ग्याष्ट्रिक, एसिडिटी जस्ता विभिन्न रोगहरू लाग्छ सक्छ।

चिकित्सकका अनुसार खाना खाएपछि पोषक तत्व प्राप्तिका लागि केही समय दिनुपर्छ। यदि तुरुन्तै पानी पिउने हो भने शरीरले भरपूर पोषक तत्व नपाउन सक्छ। -जागरण

प्रकाशित: Jan 13, 2021| 03:40 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्