मंगलबार, चैत १०, २०८२

सिकाइ निरन्तरता अभियान सुरु

नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघलगायत संस्थाको सहकार्यमा कोभिड-१९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान सुरु भएको छ।
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– नेपाल शिक्षक महासंघ, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघलगायत संस्थाको सहकार्यमा कोभिड १९ पछिको विषम स्थितिलाई ध्यान दिई सिकाइ निरन्तरता अभियान सुरु भएको छ।

National life

संयुक्त राष्ट्रसंघीय बाल विकास कोष (युनिसेफ) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समन्वयमा गरिएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले भर्चुअलरुपमा सो अभियान आरम्भ गरेका हुन्। 

सचिव मैनालीले नेपालको संविधानको मौलिक हकमा विद्यालय शिक्षालाई निःशुल्क र अनिवार्य गरिएको सन्दर्भमा यस अभियानले विद्यार्थीको हक अधिकारको सुनिश्चितताका लागि योगदान दिने विश्वास व्यक्त गरे। 

नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले शिक्षक साँझ बिहान वा बिदाको समयमा पनि जुनसुकै माध्यमबाट विद्यार्थीको कोर्स पूरा गर्ने अभियानमा खट्न तत्पर रहेको बताए। 

विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले सिकाइ निरन्तरतामा अभिभावकको भूमिका महत्वपूर्ण भएकाले आफूहरु अग्रमोर्चामा रहेको उल्लेख गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2021| 06:00 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्