बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बाइडेनले चर्चित कूटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाउने 

बाइडेनले चर्चित कूटनीतिज्ञ बर्नसलाई सीआईए प्रमुख बनाउने 

नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेनले चर्चित कूटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन्।  
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

काठमाडौं– नवनिर्वाचित अमेरिकाका राष्ट्रपति जो बाइडेनले चर्चित कूटनीतिज्ञ विलियम बर्नसलाई केन्द्रीय गुप्तचर प्रमुख बनाउने भएका छन्।  

National life

केन्द्रीय गुप्तचर निकाय (सीआईए)को निर्देशकको रूपमा उनलाई नियुक्त गर्ने निर्णय भएको बाइडेनले सोमबार घोषणा गरेका हुन्। 

सरकारी कर्मचारीकारूपमा झण्डै ३३ वर्ष सेवा गरेका बर्नस अहिले ६४ वर्षका छन्। उनी यसअघि रूस र जोर्डनका लागि राजदूतसमेत भएका थिए।  

उनले डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीबाट निर्वाचित राष्ट्रपतिको मातहतमा रहेर काम गरिसकेका छन्।  

उनलाई अमेरिकी सरकारी सेवा र कूटनीतिक क्षेत्रमा राम्रो छवि भएको र प्रभावकारी क्षमता भएको व्यक्तिका रूपमा चिनिन्छ। 

Laxmi sunrise bank
kumari

उनी गत सन् २०१७ देखि एक वर्ष अगाडिसम्म राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पनि कार्यरत थिए। तर ट्रम्पको कूटनीतिक भूमिका अत्यन्त आलोचित भएपछि बर्नसले छोडेका थिए।  

‘दशकौंको कार्य अनुभव र दक्षताका आधारमा विलियम बर्नस अहिले अनुकरणीय कूटनीतिज्ञ हुनुभएको छ, रक्षा र सुरक्षाको क्षेत्रमा पनि उहाँको विश्वस्तरीय ज्ञान र क्षमता छ,’ बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।  

उनलाई आगामी कार्यकालमा गुप्तचर निकाय प्रमुखको रूपमा जिम्मेवारी दिँदा राष्ट्रलाई फाइदा हुने र अमेरिकामा बस्नेहरू ढुक्कसँग निदाउन पाउने बाइडेनको भनाइ छ।

प्रकाशित: Jan 12, 2021| 01:09 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।