मंगलबार, साउन १९, २०८३

चिकित्सा शिक्षा आयोगले तोक्यो पीजीको शुल्क 

राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पिजीको नयाँ अध्ययन शुल्क निर्धारण गरेको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पिजीको नयाँ अध्ययन शुल्क निर्धारण गरेको छ।

आयोगका सदस्य सचिव डिल्लीराम लुईटेलका अनुसार आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि अधिकतम शुल्क निर्धारण गरेको हो।

आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान र कलेजका लागि पीजी तहका सबै विषयको शुल्क तोकेको हो। सोमबार आयोगले सूचना प्रकाशित गरी विषयअनुसार शुल्क निर्धारण गरेको सार्जजनिक गरेको हो। 

आयोगका अनुसार अधिकतममा एमडी, एमएस, एमडीएस क्लिनिकल विषयको शुल्क २२ लाख ९९ हजार तोकिएको छ। न्यूनतममा एमफिल क्लिनिकल प्याथोलोजीको २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको छ। 

गत वर्ष आयोगले एमडीएसको मात्रै शुल्क तोकेको थियो। अरु विषयको शुल्क भने विश्वविद्यालय कलेज तथा प्रतिष्ठानले आफूखुशी उठाएका थिए।

यस्तो छ, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क

No description available.

प्रकाशित: Jan 11, 2021| 12:05 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्