बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सामाजिक सञ्जालमा प्रधानमन्त्रीको टिप्पणी गर्दा गो एयरका पाइलटको जागिर गयो

सामाजिक सञ्जालमा प्रधानमन्त्रीको टिप्पणी गर्दा गो एयरका पाइलटको जागिर गयो

सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपमानजनक टिप्पणी गरेको आरोपमा एक वरिष्ठ विमान चालकको जागिर गएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

नयाँदिल्ली– सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अपमानजनक टिप्पणी गरेको आरोपमा एक वरिष्ठ विमान चालकको जागिर गएको छ।

National life

गो एयरका वरिष्ठ विमान चालक मिक्की मलिकलाई जागिरबाट बर्खास्त गरिएको कम्पनीका प्रवक्ताले जनाएका छन्।

इन्डियन एक्सप्रेसका अनुसार विमान चालकले ट्विटरमा लेखेका थिए, ‘प्रधानमन्त्री बदमास हुन्। यसको बदलामा तपाईंले मलाई जे पनि गर्न सक्नुहुनेछ। मलाई केही फरक पर्ने छैन। किनकि म प्रधानमन्त्री होइन तर प्रधानमन्त्री बदमास हुन्।’

मलिकले यस्तो आपत्तिजनक टिप्पणी जनवरी ७ मा गरेका थिए। केही समयपछि उनले ट्विटरमै माफी माग्दै यो आफ्नो व्यक्तिगत विचार भएको बताएका थिए। यसमा गो एयर नजोडिएको उनको स्पष्टोक्ति थियो।

अहिले उनले आफ्नो ट्विटरबाट त्यसलाई हटाएका छन् भने एकाउन्ट पनि बन्द गरिदिएका छन्।

Laxmi sunrise bank
kumari

गो एयरका प्रवक्ताले भने, ‘कुनै व्यक्ति या कर्मचारीले व्यक्त गरेको विचारमा एयरलाइन्सको कुनै सम्बन्ध छैन। तर प्रधानमन्त्रीको आलोचना गर्ने चालकलाई गो एयरले सेवाबाट हटाइदिएको छ।’


 

प्रकाशित: Jan 11, 2021| 08:32 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।