मंगलबार, चैत १०, २०८२

मौका परीक्षाको माग गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले सडकमा टायर बाले

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रेका छन्। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

सुर्खेत –मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी आन्दोलनमा उत्रेका छन्। 

National life

कोरोना महामारीमा पढाइ नभएकोले अनलाइनको माध्यमबाट मौका परीक्षा दिन पाउनुपर्ने, सो अवधिको शुल्क मिनाहा गरिनुपर्ने, तत्काल हाइड्रो इन्जिनियरको सम्बन्धन लिएर परीक्षा लिनुपर्ने लगायतका माग राखी दुई दिनदेखि विद्यार्थीले आन्दोलन थालेका हुन्।

तर, विश्वविद्यालयले नियमिततर्फ स्नातक तहमा सातौं र आठौं तथा स्नातकोत्तर तहमा तेस्रो तहलाई मात्रै मौका परीक्षा दिने व्यवस्था गरेको छ। अन्य विश्वविद्यालय सरह नै मौका परीक्षा दिने व्यवस्था गरेको तर सबै सेमेष्टरमा मौका परीक्षा दिने व्वस्था नहुने विश्वविद्यालयले बताउँदै आएएको छ।

मौका परीक्षा हुनुपर्ने माग राख्न गएका विद्यार्थीमाथि हिजो आइतबार प्रहरीले बल प्रयोगसमेत गरेको थियो। प्रहरी र विद्यार्थीबीचको झडपमा विद्यार्थीहरु रोशन बस्नेत, तर्कराज शाही र लक्ष्मण बोगटीलगायत घाइते भएका थिए। विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले परीक्षा व्यवस्थापनको विषय परीक्षा व्यवस्थापन कार्यालय र सम्बन्धित क्याम्पस प्रमुखलाई नै ज्ञापनपत्र बुझाउनु पर्ने भन्दै मागपत्र बुझेका थिएनन्।

विद्यार्थीहरुले माग सम्बोधन नभएसम्म विश्वविद्यालयको गेटमै धर्ना दिने भन्दै दिनभर गेटमै बसेका थिए। दिनभर गेटमा बसेका विद्यार्थीहरुले प्रहरीले राति सात बजेतिर हटाउन खोजेको थियो। सोही क्रममा विद्यार्थीहरुले उपकुलपतिको कार्यकक्षमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले प्रहरीले बल प्रयोग गरेको थियो। विद्यार्थीलाई तितरबितर पार्न प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको थियो।

Laxmi sunrise bank
kumari

यता विश्वविद्यालयका उपकुलपति सिंहले भने हरेक सेमेष्टरमा मौका परीक्षा दिने व्यवस्था कार्यान्वयन नहुने बताएका छन्। विश्वविद्यालयले भने भौतिक सम्पत्ति क्षति पुर्याएको विद्यार्थीलाई सार्वजनिक मुद्दा चलाउने चेतावनी दिएको छ।


 

प्रकाशित: Jan 11, 2021| 05:41 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्