आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चुनावी गतिविधि रोक्न माग गर्दै दाहाल–नेपाल पुगे निर्वाचन आयोग

चुनावी गतिविधि रोक्न माग गर्दै दाहाल–नेपाल पुगे निर्वाचन आयोग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन्। 

नेकपाको आधिकारिकता विवाद टुंगोमा नपुगेका बेला चुनावी गतिविधि रोक्न माग गर्दै उनीहरू आयोग पुगेका हुन्। 

आयोगमा अहिले छलफल जारी छ।

छलफलमा दाहाल-नेपालसहित नेताहरू लीलामणि पोखरेल, मुक्ति प्रधान, कृष्ण भक्त पोखरेल, सुरेन्द्र पाण्डे, रामनाथ विडारीलगायत सहभागी छन्।

केही दिनअघि आयोगले नेकपाको आधिकारिकता दाबी पेस गर्न सात दिनको समय दिएको थियो। 

आफूहरू निर्वाचन आयोगमा छलफलका लागि आएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

प्रतिनिधिसभा विघटन गर्दै सरकारले निर्वाचनको मिति २०७८ वैशाख १७ र २७ गतेलाई तोकेको छ। 

सोहीअनुसार निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहेको छ। 

गृहमन्त्री रामबहादुर थापाले पनि वैशाखमा हुने निर्वाचनको तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिइसकेका छन्। 

सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन सिफारिसको निर्णय गर्दै निर्वाचनको मिति तोकेर राष्ट्रपति समक्ष पेस गरेको थियो। 

प्रतिनिधिसभा विघटनपछि नेकपा राजनीतिकरूपमा विभाजित भएको छ। 

दाहाल-नेपाल र ओली समूहले छुट्टाछुट्टै भेला तथा बैठकहरू गर्दै आएका छन्। 

नेकपाको नाम र चुनाव चिह्न दुवै समूहले आफ्नो भएको दाबी गर्दै आएका छन्। 

प्रकाशित: Jan 11, 2021| 07:43 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।