आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य क्षेत्रका पाँच निर्देशकको जिम्मेवारी हेरफेर 

स्वास्थ्य क्षेत्रका पाँच निर्देशकको जिम्मेवारी हेरफेर 

स्वास्थ्य तथा जनसंख्या मन्त्रलय मातहतका विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रलय मातहतका विभाग र अस्पतालका पाँच निर्देशकको जिम्मेवारी हेरफेर भएको छ। 

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आइतबार मन्त्रीस्तरीय निर्णय गरी उनीहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।  

निर्णयअनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरिएको छ। 

कान्तिको निर्देशकको जिम्मेवारी डा. आरपी बिच्छालाई दिइएको मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताए। 

ईडीसीडीका निर्देशक डा बासुदेव पाण्डे स्वास्थ्य मन्त्रालय तानिएका छन्। मन्त्रालयमा रहेका डा. मदन उपाध्यायलाई स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखामा पठाइएको छ। यस्तै डा. रमेश खरेललाई स्वास्थ्य सेवा विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ।
 

प्रकाशित: Jan 11, 2021| 06:56 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।