बिहीबार, असोज ३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा विप्लव माओवादीविरुद्ध प्रहरीको अप्रेसन : ६ महिनामा ३२ जना पक्राउ

कर्णालीमा विप्लव माओवादीविरुद्ध प्रहरीको अप्रेसन : ६ महिनामा ३२ जना पक्राउ

कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा माओवादीविरुद्ध प्रहरीले निगरानी बढाएको छ।
 |  सोमबार, पुस २७, २०७७
nespernesper

देव राना

देव राना

सोमबार, पुस २७, २०७७

सुर्खेत– कर्णाली प्रदेशमा नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको नेकपा माओवादीविरुद्ध प्रहरीले निगरानी बढाएको छ। दुई महिनादेखि कर्णाली प्रदेश प्रहरीले विप्लवका गतिविधिविरुद्ध अप्रेसन चलाइरहेको छ।

triton college

अघिल्लो वर्ष दैलेखको ठाँटीकाध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमा परेदेखि नै विप्लवप्रति निगरानी बढाएको प्रहरीले मोरङका शिक्षकको हत्यापछि संयुक्त गस्ती नै सुरु गरेको छ। 

यद्यपि विशेष अप्रेसनबारे प्रहरी बताउन चाहँदैन। ‘कर्णाली विप्लवको आधार इलाका हो, गाउँगाउँमा विप्लवका कार्यकर्ताहरु छन्,’ एक प्रहरी अधिकारी भन्छन्, ‘मोरङमा शिक्षक हत्या गरेपछि कर्णालीमा पनि सुरक्षा सतर्कता बढाइएको छ।’ ती प्रहरी अधिकारीका अनुसार अहिले प्रहरीका कार्यकर्ता खोज्न सादा पोशाकमा गाउँगाउँमा प्रहरी परिचालन भएका छन्। 

अघिल्लो वर्ष पुस ६ गते गाउँपालिकाका अध्यक्ष शाही घरबाटै हपहरणमा परेका थिए। विप्लवका कार्यकर्ताले मध्यराति अध्यक्ष शाहीलाई घरबाटै अपहरण गरेर कालिकोट पुर्याएका थिए। प्रहरीले उनलाई कालिकोटको शुभकालिका गाउँपालिका–१ छाती भन्ने ठाउँको जंगलबाट उद्धार गरेको थियो। 

केही समययता कर्णाली प्रदेशमा विप्लवका ध्वंसात्मक गतिविधि भएका छैनन्। कर्णाली प्रदेश प्रहरी कार्यालयले विप्लवका गतिविधिबारे उच्च निगरानी गरिरहेको बताएको छ। ‘कर्णाली प्रदेश विप्लवका लागि सुरक्षित क्षेत्र हो, शान्ति सुरक्षामा खलल हुन नदिन प्रहरीले उच्च निगरानी बढाएको छ,’ कर्णाली प्रदेश प्रहरी प्रमुख (डीआईजी) वसन्तकुमार पन्तले भने, ‘विप्लवका आधार इलाकामा कहिलेकाहीँ गस्ती त गर्नैपर्‍यो नि।’

Metro Mart
vianet

कर्णालीका सुगम क्षेत्रमा नेपाल प्रहरीले एक्लै र दुर्गम जिल्लामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले संयुक्त रुपमा गस्ती गरिरहेको छ। कालिकोट, डोल्पा, हुम्ला र मुगु जिल्लामा संयुक्त रुपमा गस्ती बढाइएको छ भने सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र दैलेखमा नेपाल प्रहरी एक्लैले नियमित गस्ती गर्दै आएको छ।

जिल्ला सदरमुकाम, बजार क्षेत्र र नाकाहरुमा पनि प्रहरीले सादा पोशाकमा निगरानी बढाएको छ। तर दुर्गम बस्तीमा नियमित गस्ती गर्नु प्रहरीका लागि चुनौतिपूर्ण छ। दुर्गम बस्तीमा प्रहरी तत्काल पुग्न नसक्ने भएका कारण विप्लवले आफ्ना गतिविधि गर्न सक्ने प्रहरीको भनाइ छ।

तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्रै कर्णाली प्रदेशभर विप्लव समूहका ३२ जना कार्यकर्ता पक्राउ परेका छन्। सल्यानमा नौ जना, रुकुम पश्चिममा सात जना, सुर्खेत र जुम्लामा चार जना, कालिकोटमा तीन जना, डोल्पामा दुई जना, दैलेख र मुगुबाट एक–एक जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ परेकामध्ये सल्यानका आठ जना, रुकमु पश्चिम, सुर्खेत र जुम्लाका चार–चार जना, डोल्पाका दुई जना, दैलेख, कालिकोट र हुम्लाका एक–एक जनालाई आवश्यक अनुसन्धानपछि छाडिएको छ। उनीहरुलाई संगठित अपराध, राज्यविरुद्धको अपराध, बम विष्फोट, ज्यान मार्ने, हत्या, अभद्र व्यवहार र आगजनीमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको थियो। तर दोषी प्रमाणित हुन नसकेपछि ती कार्यकर्तालाई छोडिएको प्रहरीले जनाएको छ।

यस्तै राज्यविरुद्ध विभिन्न आपराधिक क्रियाकलाप गरेको भन्दै प्रहरीले तीन जना कार्यकर्तालाई मुद्दा चलाएको छ। रुकुम पश्चिमबाट पक्राउ परेका एक जना र कालिकोटबाट पक्राउ परेका दुई जना जनालाई मुद्दा चलाइएको हो।

रुकुम पश्चिमका दुई, मुगु र सल्यानका एक–एक जनालाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सह–प्रवक्ता श्रेष्ठले जनाकारी दिए। सरकारले विप्लव समूह ध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।
 

प्रकाशित: Jan 11, 2021| 01:06 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।