आइतबार, भदौ २१, २०८३

पाँचतला माथिबाट खस्दा मजदुरको मृत्यु

भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आज एक मजदुरको मृत्यु भएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

भक्तपुर- भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आज एक मजदुरको मृत्यु भएको छ।

महोत्तरीको बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीका अनुसार स्थानीयवासी सुनिल थिमिको निर्माण भइरहेको घरको गारो लगाउने क्रममा पाँचतला माथिबाट खसेर भुइँतलामा बजारिँदा गम्भीर घाइते मगरको डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। रासस

प्रकाशित: Jan 10, 2021| 15:00 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।