काठमाडौं- कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने ३ मन्त्रीसहित एमालेका ४ सांसद पदमुक्त भएका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा पदमुक्त भएका हुन्। प्रकाश ज्वालाबाहेक तीन जना कर्णाली प्रदेश सरकारमा मन्त्री छन्।
यसअघि एमालेले संसदीय दलको निर्णयविपरीत फ्लोर क्रस गरेको भन्दै पार्टीबाट कारबाही गरी पदमुक्त गरेकोमा गत जेठ २७ गते सर्वोच्च अदालतको फैसलाले पुनर्वहाली गरिदिएको थियो।
सर्वोच्चको फैसलाविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दर्ता गराएको भ्याकेट निवेदनमा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले सोमबार उनीहरु पदमुक्त हुने फैसला गरेको हो।
फैसलामा उनीहरुले पार्टीको निर्णयविपरीत फ्लोर क्रस गरेको हुँदा पार्टीको संसदीय दलको निर्णय बमोजिम नै हुने भनिभएको छ।