आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याउन प्रधानमन्त्रीलाई दाहाल-नेपाल समूहको चेतावनी

पूर्वप्रधानन्यायाधीशहरुलाई नधम्क्याउन प्रधानमन्त्रीलाई दाहाल-नेपाल समूहको चेतावनी

प्रतिनिधिसभा विघटनबारे अभिव्यक्ति दिएका पूर्वप्रधानन्यायाधीहरुलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहाल–नेपाल समूहको नेकपाले चेतावनी दिएको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनबारे अभिव्यक्ति दिएका पूर्वप्रधानन्यायाधीहरुलाई नधम्क्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दाहाल–नेपाल समूहको नेकपाले चेतावनी दिएको छ।

दाहाल–नेपाल समूहको नेकपाको आइतबार बसेको सचिवालय बैठकले आम नागरिकको हैसियतमा बोलेका पूर्वप्रधानन्यायाधीहरुलाई प्रधानमन्त्रीले सार्वजनिक मन्तव्यमार्फत् धम्की दिएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी दिएका हुन्।

पूर्वप्रधानन्यायाधीशहरुले बोल्दा प्रधानमन्त्रीले ओलीले अपमानित गर्ने र धम्क्याउने काम गरेको भन्दै आपत्ति जनाएको र त्यसको भर्त्सना गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

प्रतिनिधिसभा विघटनका विषयमा पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले शुक्रबार वक्तव्य जारी गर्दै असंवैधानिक कदम भएको बताएका थिए।

यस्तै आइतबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीले प्रदर्शन गरेको चरित्र अधिनायकवादी र निरंकुश भएको भन्दै यसलाई तत्काल रोक्न चेतावनी दिने निर्णय पनि गरेको श्रेष्ठले जानकारी दिए।

बैठकले प्रतिनिधिसभा विघटन गरेको अवस्थामा जनताको आवाजको प्रतिनिधित्व गर्ने थलोको रुपमा रहेको राष्ट्रियसभा अचानक बन्द भएकोमा आफ्नो समूहको विरोध रहेको श्रेष्ठले जानकारी दिए। 
 

प्रकाशित: Jan 10, 2021| 14:00 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।