आइतबार, भदौ २१, २०८३

ट्याक्टरको ठक्करबाट स्कुल हिँडेकी बालिकाको मृत्यु

विराटनगरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

विराटनगर- विराटनगरमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

को १ त ७०३९ नम्बरको ट्याक्टरको ठक्करबाट आइतबार मेरिगोल्ड स्कुल कक्षा १ मा अध्ययनरत ६ वर्षीया त्रिशा श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। 

ट्याक्टरले बालिका सवार साइकललाई विराटनगर–६ केसलिया नहरनजिक ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्यूरो अस्पतालमा दिउँसो १ बजेतिर मृत्यु भएको डीएसपी राईले बताए।

उनका अनुसार नातामा दिदी पर्ने १५ वर्षीया रेणुका श्रेष्ठले चलाएको साइकलको पछाडि बसेर बालिका स्कुल जाँदै थिइन्।

स्कुल जानेक्रममा भएको दुर्घटनामा परेर साइकल चलाएकी रेणुका सामान्य घाइते भएकी थिइन्। 
 

प्रकाशित: Jan 10, 2021| 13:00 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।