पोखरा- पृथ्वी जयन्तीका अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने भन्दै नगरपालिकाले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै नगरपालिकाले यस्ता अभिभावक प्रति श्रद्धाञ्जली व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए।
बिदाको दिन नगरपालिकाभित्रका वडा कार्यालय सामुदायिक विद्यालयलगायत नगरपालिकाको कार्य क्षेत्रमा रहेको कार्यालय बन्द रहनेछन्।