आइतबार, भदौ २१, २०८३

इन्टरेनट ह्याक गरी डाटा चोर्ने युवक पक्राउ

नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीका एक २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं - नेपाल प्रहरीले इन्टरनेट ह्याक गरी डाटा चोरी गर्ने रुपन्देहीका एक २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।

भायनेट कम्युनिकेशन प्रालिको डाटा चोरीको आरोपमा प्रहरीले रुपन्देहीको तिलोत्तमा–१ बाट आइतबार ती युवकलाई पक्राउ गरेको हो।

ती युवकले भायनेटका ग्राहकहरुको तथ्यांकमा अनधिकृत रुपमा पहुँच पुर्‍याएर फेसबुक, इन्टाग्राम ट्वीटर लगायतका सामाजिक सन्जालमा स्कृप्ट सार्वजनिक गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीको साइबर व्यूरोका अनुसार ती युवकले ‘नरपिचास’ नाममा ट्वीटर, फेसबुक तथा इन्स्टाग्राम समेत बनाई भायनेटको डाटा ह्याक गरेको उजुरीका आधारमा पक्राउ गरिएका हो।

उनलाइ विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 10, 2021| 11:35 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।