मंगलबार, चैत १०, २०८२

कोरोनाको कुन खोप लगाउँदा कस्तो साइड इफेक्ट?

चिकित्सकका अनुसार कुनै पनि खोप लगाउनेबित्तिकै छाला रातो हुनु, खोप लगाएको ठाउँमा सामान्य सुन्निनु र केही समयसम्म सुईको दुखाइ रहनु सामान्य हो। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

कोरोना भाइरस देखा परेको एक वर्षपछि यसविरुद्धको खोप तयार भएको छ। केही मुलुकले खोप लगाउन थालिसकेका छन्। विकसित देशमा खोप लगाउने क्रम सुरु भएपछि महामारीको मारमा परेका अन्य मुलुकका धेरै मानिस आशावादी बनेका छन्।

National life

तर खोपलाई लिएर आममानिसमा सन्देह पनि उत्तिकै छ। धेरैको जिज्ञासा छ– कोरोनाविरुद्धको खोप लगाउन ठिक होला कि नहोला? कुन कम्पनीको खोपले कस्तो साइड इफेक्ट देखाउने हो? खोप लगाएपछि झन् बिरामी पो भइन्छ कि? 

चिकित्सकका अनुसार कुनै पनि खोप लगाउनेबित्तिकै छाला रातो हुनु, खोप लगाएको ठाउँमा सामान्य सुन्निनु र केही समयसम्म सुईको दुखाइ रहनु सामान्य हो। 

कुनै कुनै खोपले केही व्यक्तिलाई तीन दिनसम्म थकान हुन्छ, ज्वरो आउँछ र टाउको दुख्न पनि सक्छ। यस्तो लक्षण देखिँदैमा आत्तिन नहुने चिकित्सकको सुझाव छ। यसको मतलब के हो भने खोपले शरीरमा आफ्नो काम गरिरहेको छ। शरीरले रोगबाट लड्ने प्रतिरोधात्मक शक्ति बनाउन सुरु गरेको छ।

अहिलेसम्म जुनजुन खोपले प्रयोग अनुमति पाएका छन्, परीक्षणका क्रममा ती कुनैले पनि धेरै साइड इफेक्ट गरेको पाइएको छैन।

Laxmi sunrise bank
kumari

विश्वका अधिकांश मुलुकमा युरोपको युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए), अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) र विश्व स्वास्थ्य संगठन तीनै वटा संस्थाले अनुमति दिएका खोप प्रयोग भइरहेका छन्। एकदुई जनालाई खोप लगाउँदा एलर्जी भएको पाइए पनि धेरैमा त्यस्तो समस्या आएको छैन।

जर्मनी र अमेरिका मिलेर बनाएको बायोएनटेक फाइजरको खोप अन्य खोपभन्दा भिन्न छ। यसमा किटाणु नभएर एउटा जेनेटिक कोड छ। यो खोप अहिलेसम्म धेरैले लगाइसकेका छन्।

प्राप्त विवरणअनुसार यो खोप लगाएका अमेरिकामा एक र बेलायतमा दुई जनामा निकै एलर्जी देखिएको थियो। त्यसपछि बेलायतको राष्ट्रिय स्वास्थ्य एजेन्सीले जसलाई अन्य कुनै पनि खोप लगाउँदा एलर्जी हुन्छ, उसले त्यो खोप नलगाउन चेतावनी दिएको थियो।

अमेरिकी कम्पनी मोडेर्नाका खोप पनि धेरै हदसम्म फाइजरसँग मिल्दोजुल्दो छ। परीक्षणका क्रममा यो खोप लगाएका १० प्रतिशत मानिसमा थकान महसुस भएको थियो। केही व्यक्तिको त अनुुहारको नसा केही बेर निष्क्रिय भएको थियो।

खोपमा रहेको कुनै तत्त्वले यस्तो भएको थियो या खोप लगाइएका व्यक्तिलाई पहिला कुनै रोग लागेको थियो भन्नेमा कम्पनी आफैं स्पष्ट भइसकेको छैन।

बेलायती र स्विडिस कम्पनी मिलेर बनाएको एस्ट्र जेनेका खोप परीक्षणका क्रममा एक जना व्यक्तिको मेरुदण्डमा समस्या आएपछि सेप्टेम्बरसम्म परीक्षण स्थगित गरिएको थियो।

यसको परीक्षणका लागि अन्य देशबाट पनि विज्ञ झिकाइए। तर विज्ञले ती व्यक्तिको मेरुदण्ड दुखाइको कारण खोप नै हो भन्ने किटान गर्न सकेनन्। यसबाहेक यो खोप लगाइएका पाका व्यक्तिमा ज्वरो र थकान देखिएको थियो।

रुसले बनाएको स्पुतनिक बी खोपले त्यहाँ अगस्टमै अनुमति पाएको हो। कुनै पनि खोप तेस्रो चरणसम्म परीक्षणपछि मात्र सर्वसाधारणका लागि प्रयोग योग्य मानिन्छ। तर रुसमा स्पुतनिक बीले दुई चरणमै अनुमति पाएको थियो। 

रुसका साथै यो खोप भारतमा पनि दिने तयारी छ। विज्ञहरुका अनुसार यो खोप परीक्षणको पूर्ण विवरण सार्वजनिक गरिएको छैन। त्यसैले साइड इफेक्टका बारेमा केही बताउन सकिएको छैन।

भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिन पनि स्पुतनिक बी जस्तै विवादको घेरामा छ। सरकारले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

यसको पनि तेस्रो चरणको परीक्षणबारे केही जानकारी सार्वजनिक गरिएको छैन। यस्तै यो कति प्रभावकारी छ भन्ने विवरण बाहिर आएको छैन। 

भारतको महामारीका विषयमा जानकार संस्था सेपीका अध्यक्ष गगनदीप काङले भने, ‘सरकारले के निर्णय गरेको छ बुझ्न असमर्थ छु। मैले अहिलेसम्म यस्तो देखेको थिइनँ।’

जर्मनीस्थित रोबर्ट काख इस्न्टिच्युटका खोप कमिटीका एक सदस्य क्रिस्टयान बोगडानका अनुसार ५० हजारमा एक जनालाई एलर्जी देखियो भने त्यस्ता खोप सुरक्षित मानिन्छ। युरोपमा यस्ता खोपलाई अनुमति दिइएको छ।

बालबालिकालाई के गर्ने?

सामान्य अवस्थामा शिशु जन्मनेबित्तिकै विभिन्न प्रकारका खोप लगाइन्छ। तर कोरोना भाइरसका सम्बन्धमा यस्तो हुँदेन। यसका दुई कारण छन्। पहिलो, यो खोप अहिलेसम्म बच्चामा परीक्षण नै गरिएको छैन। त्यसैले बच्चामा लगाउने अनुमति पनि छैन। 

दोस्रो, कोरोना महामारीको असर सुरुदेखि नै बालबालिकामा देखिएको छैन। त्यसैले बालबालिकालाई यो खोप लगाइने छैन। त्यस्तै गर्भवती महिलालाई पनि यो खोप लगाउने अनुमति छैन। डीडब्ल्यू

प्रकाशित: Jan 10, 2021| 11:23 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्