आइतबार, भदौ २१, २०८३

घर पायक सरुवाको माग गर्दै शिक्षक आमरण अनसनमा

पायक पर्ने विद्यालयमा सरुवा माग गर्दै सुर्खेतका एक शिक्षकले आमरण अनसन सुरु गरेका छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

सुर्खेत- पायक पर्ने विद्यालयमा सरुवा माग गर्दै सुर्खेतका एक शिक्षकले आमरण अनसन सुरु गरेका छन्।

जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भित्रीखोलामा कार्यरत शिक्षक उत्तम विक नगरशिक्षा शाखामा आमरण अनसन बसेका हुन्।

गुर्भाकोट–९ बोटेचौर घर भएका विक दृष्टिबिहीन हुन्। दृष्टिबिहीन भएकै कारण घर नजिकैको स्कूलमा सरुवा माग राखेर आमरणअनसनमा बसेका हुन्। हाल कार्यरत स्कूल घरदेखि झण्डै चार घण्टाको दूरीमा पर्दछ। जसका कारण विद्यालय जान–आउन समस्या हुने गरेको छ।  

यता गुर्भाकोट नगरपालिकाले भने वडा नं. ९ को कुनै पनि स्कूलमा दरबन्दी नभएका कारण सरुवा गर्न समस्या भएको बताएको छ।

‘उहाँले घर नजिकैको स्कूलमा सरुवा माग्नु भएको छ तर बोटेचौर नजिकका कुनै पनि स्कूलमा दरबन्दी खाली छैन’ गुर्भाकोट नगरपालिकाका कार्यकारी प्रमुख टेकबहादुर खत्रीले भने, ‘दबरन्दी नहुँदा शिक्षकलाई माग गरेका स्थानमा सरुवा गर्न समस्या भएको छ।’ नगरपालिकाले उनलाई सहज बनाउने उद्देश्यले सुर्खेतको सिम्ताबाट गुर्भाकोटमा सरुवा गरी ल्याएको खत्रीले बताए।

प्यूठान जिल्लाबाट स्थायी शिक्षक बनेका उनी भित्रीखोलाको विद्यालयमा आउनुअघि सुर्खेतकै सिम्ता गाउँपालिकाको विद्यालयमा कार्यरत थिए।

प्रकाशित: Jan 10, 2021| 10:25 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।