आइतबार, भदौ २१, २०८३

राष्ट्रियसभाको सातौं अधिवेशनमा सात अध्यादेश पेस

संघीय संसद्, राष्ट्रियसभाको सातौं अधिवेशनमा सातवटा अध्यादेश पेस भएका छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– संघीय संसद्, राष्ट्रियसभाको सातौं अधिवेशनमा सातवटा अध्यादेश पेस भएका छन्।

अधिवेशनमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ पेस भएका हुन्।

यस्तै अधिवेशनमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७, औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ पेस भएका छन्।

अधिवेशन अवधिमा राष्ट्रियसभा अध्यक्षबाट जारी  राष्ट्रियसभाका समितिहरूको गठन सम्बन्धी आदेश, २०७७ सभामा पेस हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको थियो।

सभाले वामदेव गौतमलाई राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ।

त्यसैगरी मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभा समक्ष पेस गरिएका थिए।
अधिवेशन अवधिमा दिगो विकास तथा सुशासन समितिले ‘दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७” सभा समक्ष पेस गरेको थियो।

अधिवेशन अवधिमा प्रतिनिधिसभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यत्रय दीपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भीमप्रसाद गौतम र मानपुर चौधरी र प्रतिनिधिसभाका पूर्वसदस्यद्वय‌ ओमकारप्रसाद गौचन र वीरबहादुर लामा एवं २०६३/६४ को अन्तरिम व्यवस्थापिका-संसदका पूर्वसदस्य कमानसिं लामाको निधन भएकोमा शोक प्रस्ताव पारित गरिएका थिए।

संघीय संसद् राष्ट्रियसभाको सातौं अधिवेशनको पहिलो बैठक पुस १७ गते शुक्रबार अपराह्न ४० बजे प्रारम्भ भई २६ गते आइतबारसम्म १० दिन चालू रह्यो।

यस अवधिमा बैठक बसेका चार दिनमा चार वटा बैठक बसी ७ घण्टा ५ मिनेट सभाको काममा व्यतीत भएको थियो।

यसै अधिवेशन अवधिमा सभामा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा वक्तव्य दिएका थिए। 

मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आइतबार राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेकी छन्।
 

प्रकाशित: Jan 10, 2021| 10:18 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।