आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरको गठ्ठाघरमा दुइटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुरको गठ्ठाघरमा दुइटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३–०२–०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा ५३ प ९८६४ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर भएको दुर्घटनामा उदयपुर लिमचुङबुङ गाउँपालिका–१ घर भई हाल मध्यपुरथिमि–१ लोकन्थली बस्ने २२ वर्षीय मनराज राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँकी २४ वर्षीया मनिकला राईको केएमसी अस्पताल सिनामङ्गलमा उपचार भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

अर्का घाइते वा ५३प  ९८६४ नम्बरका मोटरसाइकल चालक रौतहट गौर नगरपालिका– ८ घर भई हाल ललितपुर मङ्गलबजार बस्ने  ४१ वर्षीय युवराज विक सामान्य उपचारपछि आजै घर फर्किएको प्रहरीको भनाइ छ। दुर्घटना भएका सवारी साधनसहित महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको गिरीले जानकारी दिए।
 

प्रकाशित: Jan 10, 2021| 10:12 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।