काठमाडौं- नक्कली बिल बिजक बनाएर राजस्व छली गर्ने विभिन्न व्यवसायीविरुद्ध सरकारले मुद्दा दायर गरेको छ।
नक्कली बिल बनाई राजस्व छली गर्ने विभिन्न व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले पाटन उच्च अदालतमा मुद्दा दायर गरेको हो। ती व्यवसायीविरुद्ध १ अर्ब ३४ करोड ९५ लाख बिगो दाबी गर्दै जरिवाना र कैदसहित विभागले २ वटा मुद्दा दायर गरेको हो।
विभागले बाराका विवेक मगरसहितका १५ जनाविरुद्ध १ अर्ब २२ करोड २० लाख १९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।
मगर न्यु सयपत्री इन्टरप्राइजेजका प्रोप्राइटर हुन् भने अन्यले पनि विभिन्न फर्म सञ्चालन गरी झुटा बिल बनाएर १ अर्ब २२ करोड २० लाख १९ हजार रुपैयाँ राजस्व छली गरेको विभागल जानकारी दिएको छ।
त्यस्तै सर्लाहीका सुवोध साहबाट १२ करोड ७५ लाख ५१ हजार रुपैयाँ विगो दावी गर्दै पाटन शुक्रबार पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ। सुवोध साहले कुनै पनि वस्तु तथा सेवा खरिद तथा आयात नगरी विधिन्न फर्महरुलाई नक्कली र झुटा बिजक उपलब्ध गराई जालसाजी गरी राजस्व छली गरेको विभागले जानकारी दिएको छ।
उनीहरुले राजस्व चुहावट एने २०५२ अनुसार कसुर गरेको भेटिएकाले मुद्दा दायर गरिएको विभागको भनाइ छ।