आइतबार, भदौ २१, २०८३

एजेन्डा स्थापित गर्न ताजा जनादेश आवश्यक : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले संसद विघटनलाई आफूले अवसरको रुपमा लिएको बताएका छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

पोखरा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले संसद् विघटनलाई अवसरको रुपमा लिएको बताएका छन्।

पोखरामा आइतबार पत्रकार सम्मेलनमा उनले आफ्नो एजेन्डा स्थापित गर्न ताजा जनादेश आवश्यक रहेको भन्दै संसद् विघटनपछि हुने चुनावको तयारी गर्न आग्रह गरे। 

‘अहिलेको अवस्थामा व्यक्ति होइन, व्यवस्था र बाटो परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘संसद पुनर्स्थापना भएर मुलुकलाई के फाइदा छ? केपी ओलीको ठाउँमा, केपीकै प्रवृत्ति, कार्यशैली, एजेन्डा बोकेको अर्को अनुहार आउँदा मुलुकलाई केही हुँदैन।’ 

उनले हिन्दू राष्ट्र स्थापित गर्न र राजतन्त्र पुनस्र्थापनाका लागि अहिलेको घटना अवसर हुने बताए।

राप्रपाले मात्रै संविधानको विपक्षमा भोट हालेको भन्दै थापाले यही संविधानबाट आफ्नाे एजेन्डा स्थापित गरिछाड्ने दाबी गरे।

‘हाम्रो असहमतिका बाबजुद दुई तिहाईभन्दा बढी मतले पारित भएपछि प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै हामीले संविधानलाई आलोचनात्मक समर्थन मात्रै गरेका हौं’, उनी भन्छन्, ‘राप्रपाको संविधानलाई उपयोग गर्ने रणनीति हो।’

उनले भने, ‘राप्रपा सुरुदेखि नै नेपालमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता चल्न सक्दैन। हिन्दू राष्ट्र, राजसंस्था, प्रजातन्त्र र स्थानीय स्वायत्त शासन हुनुपर्छ भन्ने पार्टी हो। हामीले कहिलै आफ्नो सिद्धान्त छोडेका छैनौं।’

थापाले सर्वोच्च अदालतलाई स्वतन्त्र ढंगबाट काम गर्न नदिएर आ–आफ्नो राजनीतिक स्वार्थका आधारमा विभाजन गर्न खोजिएको आरोप लगाए। 

उनले समाजवाद र साम्यवाद संसारमै असफल भइसकेकोले राप्रपाले सम्बद्र्धनवाद अंगीकार गरेको तर्क गरे। 

प्रकाशित: Jan 10, 2021| 09:58 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।