आइतबार, भदौ २१, २०८३

राष्ट्रपतिद्वारा राष्ट्रियसभा अधिवेशन अन्त्य

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गरेकी छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको जारी अधिवेशन अन्त्य गरेकी छन्।

आज (आइतबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी राष्ट्रपति भण्डारीले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेकी हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा अध्यक्षलाई पत्र लेख्दै अधिवेशन अन्त्यको जानकारी गराएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान मन्त्रिपरिषद् बैठकमा राष्ट्रिययभा अन्त्य गर्ने सिफारिस गरेर राष्ट्रियभामा पुगी सम्बोधन गरेका थिए।

राष्ट्रियसभाको हिउँदे अधिवेश गत पुस १७ गते सुरु भएको थियो।

प्रतिनिधिसभा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते विघटन गरिसकेकी छन्।

No description available.

प्रकाशित: Jan 10, 2021| 09:27 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।