आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन भन्नेबित्तिक्कै डर किन ? मैले गल्ती गरेको भए जनताले दण्डित गर्लान् : प्रधानमन्त्री

निर्वाचन भन्नेबित्तिक्कै डर किन ? मैले गल्ती गरेको भए जनताले दण्डित गर्लान् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन भन्ने बित्तिक्कै केही तत्वहरु डराइरहेको बताएका छन्। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन भन्ने बित्तिक्कै केही तत्वहरु डराइरहेको बताएका छन्। 

राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनको मिति तय भइसकेकाले चुनावी मैदानमा आउन चुनौती दिए।

‘केपी ओलीले गल्ती गरेको छ भने जनताले दण्डित गर्लान् जजसलाई चित्त बुझेको छैन तपाईहरु आउनु मैदानमा केपी ओलीले गल्ती गर्‍यो भनेर भन्नुस् जनतालाई,’ उनले भने।

संसद विघटन संवैधानिक छ कि असंवैधानिक भन्ने कुरा एकपटक संविधान पढ्न उनले आग्रह गरे।

‘अहिले पनि आफै न्यायालयमा छु जस्तो भनेर केही व्यक्तिहरुले न्यायालयलाई सडकबाट दबाब दिन खोजिरहेका छन्,’ उनले भने, ‘आफ्नो समयमा उहाँहरुले कस्तो न्याय दिनु भएछ भन्ने अचम्म लाग्दैछ। उहाँहरुबाट स्वतन्त्र न्यायालयलाई लरकाल्ने काम भएको छ।’ 

स्वतन्त्र देखिने, नागरिक समाज भनिने, बुद्धिजिवी भनिने कुनै पक्षधरताका साथ न्यायालयलाई दबाबमा पार्न चाहने काम भइरहेको उनको भनाइ छ। 

मैले देश विकासको काममा लागेको देख्न नसकेर बाधा अवरोध खडा गरिएको उनको भनाइ छ।

‘मैले जिम्मेवारी बोधका साथ यो निर्णय लिएको हुँ,’ उनले भने, ‘लोकतन्त्र ल्याउन, नेपाली जनताले बलिदान, हण्डर र ठक्कर खाएको छ। पसिना बगाएको छ। जति यातना सहेको छ। त्यसको उपलब्धिको रक्षा गर्नुपर्छ खेर जान दिनुहुँदैन भनेरै यो निर्णय लिइएको हो।’

केही पदलोलुप व्यक्तिहरुको स्वार्थ हाबी हुन दिनुहुँदैन भनेर नै प्रतिनिधिसभा विघटन गरेको उनको भनाइ छ।

प्रकाशित: Jan 10, 2021| 08:36 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।