आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतसँग सम्बन्ध नबिगारी अतिक्रमित भूमि फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

भारतसँग सम्बन्ध नबिगारी अतिक्रमित भूमि फिर्ता ल्याइन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्र नभई व्यवहारतः कायम गरिने बताएका छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी नक्सामा मात्र नभई व्यवहारतः कायम गरिने बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मित्रतापूर्ण र तथ्यका आधारमा आफ्नो भूमि फिर्ता ल्याइछाड्ने बताए।

‘हामी नक्सामात्र होइन, व्यवहारमा पनि भूमि कायम गरेर छोड्छौं,’ उनले भने,‘ भारतसँग साँचो अर्थमा मित्रता बढाउन चाहन्छु। नयाँ उचाइमा पुर्याउन चाहन्छु।’

उनले असमानताका आधारमा होइन, समाधानताका आधारमा सम्बन्ध अघि बढ्ने बताए। ‘हाम्रो भूभाग हडपिएको छ भने सम्बन्ध राम्रो छ भनेर हुँदैन। त्यस्तो समस्या जहाँ छ त्यहीनेर मित्र राष्ट्रसँग खुलस्त कुरा गर्न सक्नुहुन्छ। न्यायोचित हुनुपर्छ भन्ने हो। त्यस कारण छलफल हुन्छ।’

उनले आफूले बढी बोलेर सम्बन्ध बिगार्यो भनेर आरोप लगाइएको बताए। ‘सुमधुर सम्बन्ध राख्नुपर्छ भनेर चुप लागेर बस्न सकिन्न,’ प्रधानमन्त्री ओलीले भने।

कतिपयले भूमि समेटेर नक्सा सार्वजनिक गर्दा सम्बन्ध बिग्रिन्छ भनेर चिन्ता व्यक्त गरेको उनको भनाइ छ।

प्रकाशित: Jan 10, 2021| 08:02 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।