आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच वर्ष सरकार चलोस् भनेर प्रयास गरें तर सकिएन : प्रधानमन्त्री ओली

पाँच वर्ष सरकार चलोस् भनेर प्रयास गरें तर सकिएन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ६–६ महिनामा सरकार फेर्ने प्रयास भएको बताएका छन्।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ६–६ महिनामा सरकार फेर्ने प्रयास भएको बताएका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

बैठकलाई सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको औचित्यका बारेमा प्रकाश पार्ने काम गरिरहेका छन्। 

‘हामीले सोचेका थियौं– प्रतिनिधिसभा ५ वर्ष चल्ने छ। प्रतिनिधिसभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कार्यान्वयनको रक्षा गर्ने सन्दर्भमा विना व्यवधान काम गर्न पाउने छ,’ उनले भने,‘त्यसरी काम गरेर अगाडि जाने छौं भन्ने सोचेका थियौं। मैले पनि त्यही सोचेको थिएँ। नेपाली जनताले विश्वासका साथ जुन अभिभारा सुम्पिएका थिए, त्यसलाई कर्तव्यनिष्ठ, संविधानत, सरकार अघि बढिरहेको थियो। तर, सरकारलाई काम गर्न दिने वातावरण बनेन, सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्र सिर्जना गर्ने, केही व्यक्तिका व्यक्तिगत आकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई असर पर्ने खालको गतिविधि भयो।’

उनले ६–६ महिनामा सरकार फेर्नैका लागि फेरि अस्वस्थ, अनुचित, जालझेल, षडयन्त्रबाट देशको राजनीतिलाई अस्थिरतातर्फ धकल्ने काम भएको बताए।

‘जोडघटाउ, लेनदेनमा समय बित्ने, संसदलाई प्रभावकारी हिसाबले काम गर्न नदिने कतिपय विधेयक अड्काइदिने, यो प्रणाली बठिक भयो भन्ने निष्कर्ष निकाल्न खोज्ने प्रयास भए,’ उनले भने,‘ मैले धेरै प्रयास र कोशिस गरेँ, भरसक ५ वर्ष सरकार टिकोस् स्थिरता र स्थायित्व होस् भनेर तर सकिएन।’

प्रकाशित: Jan 10, 2021| 07:56 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।