बुधबार, असोज २१, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्थानीय तहमा पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

स्थानीय तहमा पुँजीगत खर्च बढाउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन्। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहमा पुँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई आग्रह गरेका छन्। 

अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहमा पुँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह अनुरोध गरेका हुन्।

स्थानीय तहमा विनियोजित रकममध्ये १२६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन। 

अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकामा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे। 

यसैबीच अर्थमन्त्री पौडेलले कोभिड–१९ बाट अतिप्रभावित जोखिममा रहेका परिवारलाई सहयोग गर्न पनि अनुरोध गरेका छन्। 

प्रकाशित: Jan 10, 2021| 06:59 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्