आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाले भने– पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिन्न 

देउवाले भने– पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिन्न 

‘राजा आऊ देश बचाऊको नारा लागिरहेको छ। यस्तौ बेलामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिँदैन,’ देउवाले भनेका थिए।
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार पृथ्वी जयन्तीका बारेमा चर्चा भएको छ। 

सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले देउवालाई पृथ्वी जयन्ती मनाउने निर्णय गर्न प्रस्ताव गरेका थिए।  

‘पृथ्वी जयन्ती मनाऔं। यसमा लाज मान्नु हुँदैन। पृथ्वीजयन्ती मनाउँदा इतिहासको सम्मान हुन्छ’, केसीको आग्रह थियो, ‘कांग्रेसमा यसले राष्ट्रवादी चरित्र र पार्टीमा एकता कायम गर्छ। त्यसैले पृथ्वीजयन्ती मनाऔं।’ 

केसीको आग्रहलाई सभापति देउवाले अस्वीकार गरेका छन्। 

‘राजा आऊ देश बचाऊको नारा लागिरहेको छ। यस्ताे बेलामा पृथ्वीनारायणको तस्बिरमा माला लगाउन सकिँदैन,’ देउवाले भनेका थिए।  
नेपालको एकीकरण पृथ्वीनारायण शाहले गरेका हुन्। भोलि (पुस २७ गते) उनको २९९ औं जन्म जयन्ती हो।  

यसअघि कांग्रेसका नेताहरू लक्ष्मणप्रसाद घिमिरे र लोकेश ढकालले पृथ्वी जयन्ती मनाउन आग्रह गर्दै सभापति देउवालाई पत्र पेस गरेका थिए।
 

प्रकाशित: Jan 10, 2021| 06:48 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।