आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, १०२ किलो गाँजासहित एकजना पक्राउ

बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, १०२ किलो गाँजासहित एकजना पक्राउ

बारामा शनिबार राति प्रहरी र लागुऔषध गाँजा तस्कर गर्ने समूहबीच गोली हानाहान भएको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं- बारामा शनिबार राति प्रहरी र लागुऔषध गाँजा तस्कर गर्ने समूहबीच गोली हानाहान भएको छ। 

राति पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीमाथि गाँजा तस्करीमा संलग्न ८–१० जनाको समूहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरीक्षक विकास थपलिया र अस्थायी प्रहरी पोष्ट रतनपुर बाराबाट खटिएको गस्ती टोलीलाई तस्करको समूहले देख्ने बित्तिकै गोली चलाएका थिए।

त्यसपछि प्रतिकारका क्रममा प्रहरीले पनि ठूलो चाइनिज पेस्तोलबाट पाँच राउण्ड गोली चलाएको थियो।

निजगढ नगरपालिका-१३ स्थित भक्तलाल खोलाको बगरमा अवैध लागुऔषध गाँजा ओसारपसार खरिद बिक्री भइरहेकाे थियाे।

प्रतिकारका क्रममा प्रहरीले पनि गोली चलाएपछि उनीहरू गाँजा छोडेर भागेका थिए। यस क्रममा गस्तीमा रहेको प्रहरी टोलीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ बस्ने ४७ वर्षीय इमानसिंह तामाङलाई नियन्त्रणमा लिएको छ।

घटनास्थलबाट पाँचवटा सेतो बोराभित्र लुकाइछिपाइ राखेको १०२ किलो लागुऔषध गाँजा बरामद गरिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीले एक थान भरुवा बन्दुक पनि बरामद गरेको छ। 

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र उक्त समूहका अन्यको खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 10, 2021| 05:58 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।