पोखरा– अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पोखरामा सेवा विस्तार गरेको छ। यो उपत्यका बाहिरको पहिलो सेवा हो।
सेवा विस्तारको अवसरमा कम्पनीले जनवरी ३१ सम्म ३० प्रतिशत वा ३०० रुपैयाँसम्मको छुट घोषणा गरेको छ।
कम्पनीका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले पोखरामा सेवा विस्तार भएको घोषणा गर्दै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घरमै पुर्याउन प्रतिबद्ध भएको बताए।
फूडमाण्डूले पोखराका ३० भन्दा बढी रेष्टुरेन्ट तथा होटलसँग सहकार्य गरेको छ।
कम्पनीका संस्थापक मनोहर अधिकारीले कोरोनाका कारण पोखरामा सेवा विस्तार गर्ने योजना पछि धकेलिएको बताए। उनले पोखरेलीहरूलाई पनि काठमाडौबासीजस्तै उच्चस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले पोखरामा फुडमाण्डूको सेवाले होटल तथा रेष्टुरेन्टको व्यापार विस्तारमा सहज हुने बताए।