काठमाडौं– आइतबार सुनको मूल्य तोलामा दुई हजार ३०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार तोकिएको हो। गत शुक्रबार तोलाको ९५ हजार ३०० मा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ।
शुक्रबार ९४ हजार ८०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार ५०० कायम भएको हो।
चाँदी तोलामा ६० रुपैयाँ घटेर एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ।