आइतबार, भदौ २१, २०८३

डडेल्धुरामा ट्रक दुर्घटना, चालकको मृत्यु

डडेल्धुरामा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

धनगढी। डडेल्धुरामा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। 

धनगढीबाट अछामका लागि हिँडेको ना ६ ख ३८१७ नम्बरको ट्रक डडेल्धुराको अमरगढी नगरपालिका-११, सल्लाघारीमा बिहान ३ बजे दुर्घटना भएको थियो। 

दुर्घटनामा कैलाली गेटाका अन्दाजी ३५ वर्षीय चालक ओमप्रकाश पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। 

ट्रकका सहचालक बाजुरा बडिमालिका नगरपालिका-५ का १८ वर्षीय मदन साउँद घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।  

ट्रक सडकबाट २५० मिटर तल खसेको छ। दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Jan 10, 2021| 05:12 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।