काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो १ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
राष्ट्रियसभाको सम्भावित दैनिक कार्यसूचीमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभा समक्ष पेस गर्ने कार्यक्रममा राखिएको छ।
५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए। त्यसपछि राष्ट्रपतिले संसद् विघटनकाे घोषणा गरेकी थिइन्।
प्रधानमन्त्रीले विभिन्न बैठक, सभा सम्मेलनमा सहभागी भएर संसद् विघटनका सन्दर्भमा आफ्ना अभिव्यक्ति दिँदै आइरहेका छन्।
राष्ट्रियसभाको बैठकमा पनि प्रतिनिधिसभा विघटनका विषयमा सांसद्हरूले आ-आफ्नो धारणा राख्दै आएका छन्।