आइतबार, भदौ २१, २०८३

संसद् विघटनविरुद्ध ‘बयलगाडा’ प्रदर्शन

अनेरास्ववियू (दाहाल-नेपाल समूह)का विद्यार्थीले ललितपुर पाटनमा आज बयलगाडा प्रदर्शन गरेका छन्। 
 |  आइतबार, पुस २६, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, पुस २६, २०७७

काठमाडौं। अनेरास्ववियू (दाहाल-नेपाल समूह)का विद्यार्थीले ललितपुर पाटनमा आज ‘बयलगाडा’ प्रदर्शन गरेका छन्। 

संसद् विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र प्रतिगामी कदम भएको भन्दै उनीहरूले विराेधस्वरूप प्रदर्शन गरेका हुन्। 

विद्यार्थीहरूले रिक्सामा बयलगाडाकाे जस्तै स्वरूप बनाएर प्रदर्शन गरेका थिए।

यस्तै आजै दिउँसो २ बजे माइतीघर मण्डल र भक्तपुरको सानोठिमीमा अपरान्ह ४ बजे बयलगाडाकाे स्वरूप बनाएर प्रदर्शन गर्ने कार्यक्रम छ। 

संसद् विघटनपछि नेकपामा दाहाल-नेपाल र ओली समूह राजनीतिकरूपमा विभाजित भएका छन्। 

दाहाल–नेपाल समूहले संसद् विघटनविरुद्ध विभिन्न जुलुस तथा प्रदर्शन गर्दै आएको छ। 

प्रकाशित: Jan 10, 2021| 04:13 आइतबार, पुस २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।